कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शनिबार मृत्यु भएका गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

कतारबाट फर्किएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

लगतै बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र सहिद लखन गाउँपालिका १ वक्राङको सीमामा पर्ने लुदी र दरौंदीको संगमस्थलमा व्यवस्थापन पर्ने निर्णय गरेको थियो। 

तर लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएदेखि नै स्थानीय भेला भएर विरोध गरेका हुन्।  पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नहुने उनीहरुको तर्क छ।

विरोध गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए। 

तर सो स्थानमा बस्ती छैन।

प्रकाशित मिति: : 2020-07-04 16:39:57

प्रतिकृया दिनुहोस्