सुनसरीमा एक लागूऔषध कारोबारीलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगर ७ का ४४ वर्षीय किसन श्रेष्ठलाई पक्राउ गरेको हो।
प्रदेश १ प्रहरी र इलाका प्रहरी धरानको संयुक्त टोलीले श्रेष्ठको कोठाबाट बन्दुक एक थान, ६ बोतल डाइलेक्स जिसी, ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाइट्राजेपान र १ लाख ९२ हजार नगद बरामद गरेको छ।
यस्तै, सुनसरीकै देवानगन्ज ३ का ४३ वर्षीय चुनिलाल सरदारलाई १८ किलो गाँजासहित पक्राउ गरेको छ। सरदारको को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिइ जाँच गर्ने क्रममा प्रहरीले गाँजा बरामद भएको बताए।
यस्तै, झापाको दमक ५ मा डेरा गरी बस्दै आएका वडा ९ का ३२ वर्षीय रविन कुँवर, इलाम घर भइ दमक ५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भइ दमक ८ मा बस्दै आएकी २२ वर्षीया सम्झना राई श्रेष्ठलाई १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ।