उत्तम लिम्बू
तँ आफैँले
बनाइ छाेडि हिँडेको
घङ्गरुकाे लाैरी टेकेर
अचेल हिँड्न सक्दैनन् आमाहरु
आमालाई तँ चाहिएको छ।
देशलाई सदियाैँसम्म
सग्लै राख्न सक्ने फराकिलो छाती बनाएर
मुलुक कहिले फर्किन्छस् ठुले ?
मुलुकलाई तँ चाहिएको छ।
देश भन्दा ठुलाे काे हुन सक्छ ?
माटो भन्दा माथि काे हुन सक्छ ?
तँलाई याद छ कि छैन ?
तँ हिँड्नेबेला
बलात्कृत छाेरीकाे न्याय माग्न
हल्लिरहेकाे कालाे झण्डा
गाउँकाे माटाेमा
धुलाे खेलिरहेकाे घामकाे कलिलो मुस्कान
चिसाङ्ग खाेलाकाे सुख्खा बगरमा
कहिल्यै नसुक्ने
आमाकाे अमिलो आँशुकाे जिमाहा
सेतीको खाेँचझैँ उर्लिरहेकाे
बाबुकाे आँखाकाे गह।
अचेल,
हल्लिएकाे पानीमा
देखिएको पन्यालाे छाँयाजस्ताे
अथवा भनाैँ
निन्द्रा बिच्किएकाे रातमा
देखिएको मधुरो सपनाजस्ताे
काेहिबेला,
डढेलाे लाग्दै गरेको घरजस्ताे देखिन्छ देश
काेहिबेला ,
सिंहले चिथार्दै गरेको बँदेलजस्ताे देखिन्छ देश।
सम्झि,
यदि कुनै दिन ग्रहबाटै हरायाे भने देशकाे हुलिया
सम्झि,
यदि कुनै दिन ग्लाेबबाटै मेटियाे भने देशकाे नाम
तँ कुन माटाेमा उभिएर
आफ्नो कदकाे उचाई खाेज्छस् ?
माथि उल्लेखित बुँदाजस्तै
क्रमशः
देशकाे कमजाेर करङकाे कस्तो
खबर लेखेर पठाई दिउँ तलाईँ ?
केही केही चिज
सम्झिएर पनि
सबै सबै चिज बिर्सिएजस्ताे
देश कसरी बिर्सन सकिन्छ ?
देशलाई सदियाैँ
सम्म सग्लै राख्न सक्ने फराकिलो छाति बनाएर
मुलुक कहिले फर्किन्छस् ठुले ?
मुलुकलाई तँ चाहिएको छ।
-
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया