भारत शुक्रबार एकै दिन २३ हजार ५ सय भन्दा धेरैका काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो।
भारतमा बिहीबार मात्रै २२ हजारभन्दा धेरै संक्रमित भेटिएको थिए। याे दुई आँकडा जाेडेर हेर्ने हाे भने दुई दिनमा ४५ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएका छन्।
भारतमा काेराेनाकै कारण मृत्यु हुनेकाे संख्या पनि उतिकै मात्रामा वृद्धि हुँदै गएकाे छ। शुक्रबारमात्र काेराेना भाइरसकाे संक्रमणबाट ४ सय ४६ जना मृत्यु भएकाे छ।
बिहीबार भारतमा काेराेना संक्रमणका कारण ३ सय ७९ जनाले ज्यान गुमाएका थिए। याे सँगै काेराेनाबाछ ज्यान गुमाउनेकाे संख्या १८ हजार ६ सय ६२ पुगेको छ।
शुक्रबार थपिएका संक्रमितको संख्यासँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४९ हजार ७ सय ८ पुगेको छ।
भारतको महाराष्ट्रमा हिजो एकै दिन ६ हजार ३ सय ६४ जनामा संक्रमण देखिएकाे छ। बिहीबार यहाँ ६ हजार ३ सय ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे।
यतन नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा हिजो एकै दिन ९ सय ७२ जना संक्रमित थपिएका छन्। यहाँ अस्ति एकै दिन ८ सय १७ नयाँ काेराेना संक्रमित थपिएका थिए।
पश्चिम बंगालमा शुक्रबार ६ सय ६९ जना संक्रमित थपिए। जवकी बिहीबार ६ सय ४९ काेराेना संक्रमित थपिएका थिए।
कोरोना संक्रमितको संख्या १ लाख नाघ्नेमा तामिल नाडू भारतको दोस्रो राज्य बनेको छ। शुक्रवार त्यहाँ ४ हजार ३ सय २९ जनामा संक्रमण देखिएको हो। यहाँ अस्ति ४ हजार ३ सय ४३ जनमा काेराेना भेटिँदा कर्नाटकमा १५ सय २ जना संक्रमित थपिएका थिए।
यता राजधानी दिल्ली २ हजार ५ सय २० जनामा संक्रमण भेटिएकाे छ। यससँगै दिल्लीमा संक्रमितको संख्या ९४ हजार ६ सय पार भएको छ।
भारतमा कोरोना भाइरसको रिकभरी रेट ६० प्रतिशतभन्दा माथि उक्लिएको छ। यहाँ ३ लाख ९३ हजार संक्रमित निकाे भइसकेका छन्।