सुनिल राई
आमा शब्द महशुस हुनासाथ र सुन्नासाथ
यी मोतिका दाना जस्ता देखिने,
शितका थोपा रुपी आँशु,
मलाई नै नसोधि बगिदिन्छ,
तर म रुन्न आमा।
जीवनभर एक क्षण पर हुन खोजिन,
नियति अर्कै बनिदियो मेरो,
आमालाई सम्झेर आत्तिरहन्छ मन,
तर म रुन्न आमा।
नजिक हुँदाको प्रत्येक स्पर्शमा खुशी अनुभुति गरे झैँ
टाढा रहँदाको पिडाले पनि उत्तिकै छटपट्टिएको छु,
दुवै कुराको अन्तरद्वन्द माझ
म जलिरहेको छु,
तर म रुन्न आमा।
चेतन र अवचेतन मनलाई राम्रोसँग थाहा छ,
आमासँग छुटिएर बिताएका पलहरु,
मैले कहिले पाउँदिन अब यो जीवनमा,
सम्झेर उदास बन्छु,
तर म रुन्न आमा ।
मैले ती बिताएका जीवनका अति महत्वपूर्ण समय ,
आमा नजिक नहुनुको आत्माबोध सँगै,
हिनता र ग्लानीले एकै पटक छोप्छ मलाई ,
र म डराउँछु,
अनि पोखिन्छु साउनेझरि झैँ जताततै ,
तर म रुन्न आमा
म रुन्न– रुन्न भन्दै सम्झाउँछु आफैलाई ,
तर चुपचाप आमा सम्झेर एक स्पर्श पाउन ,
हतारिएका मेरा यी इच्छाहरु,
आँशु बनि भिजाईरहन्छन यी आँखाहरु,
बस त्यति हो,
तर म रुन्न आमा।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया