सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ।
कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ।
सुदूरपश्चिममा हालसम्म ४९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
यस्तै ७ जनाको मृत्यु भइसकेको छ।