दाङमा क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ । भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन् । बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।
जिल्लामा क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् । तुलसीपुर उपमहानगरपालिकामा १७३ र लमही नगरपालिकामा ४४ तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२बाँकी छन् ।
दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो ।