मन्त्रालयले गल्ति सच्चाएसँगै कर्णालीमा १४ कोरोना संक्रमित घटे

कर्णाली कोरोना संक्रमितको संख्या घटाइएकाे छ। शनिबार संक्रमित संख्या १४४० पुगेको तथ्यांक सार्वजनिक गरेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार संख्या घटाएको हाे।

शनिबारको तथ्यांकमा अछाम र बाजुराबाट पठाइएको स्वाबमध्ये कोरोना पुष्टि भएका १४ जनाको संख्या पनि कर्णालीमै जोडिएको थियो। उक्त संख्या आइतबार हटाई तथ्यांक सच्याइएको मन्त्रालयले जनाएको छ।

आइतबार जुम्लाको परीक्षणबाट पुष्टि भएका थप दुई जनासहित संक्रमितको जम्मा संख्या १४२८ पुगेको मन्त्रालयले जानकारी गराएको छ।

यस्तै, कर्णालीमा डिस्चार्ज हुनेको संख्या पनि बढेको छ। आइतबार मात्रै सुर्खेत, कालीकोट र रुकुम पश्चिमबाट गरी २२ जना डिस्चार्ज भएका छन्।

उनीहरूसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९५६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ। हाल ४६६ जना आइसोलेसनमा रहेका छन्। 

प्रकाशित मिति: : 2020-06-28 17:43:23

प्रतिकृया दिनुहोस्