विश्वभर हरेक दिन एक लाखमा काेराेना संक्रमण

कोरोना भाइरसको संक्रमितको संख्या १ करोड नाघेको छ। १ सय ८० दिनदेखि विश्व कोरोनाको त्रासमा घेरिएको छ। ३१ डिसेम्बर २०१९ मा चीनले विश्व स्वास्थ्य संगठनलाई पहिलो पल्ट यसको जानकारी दिएको थियो। त्यति बेला चीनमा ५४ वटा मात्र कोरोना संक्रमणको मुद्धा थियो। 

यसको तीन महिनापछि विश्वको २ सयभन्दा बढी देशमा कोरोना संक्रमणको घटना देखिएको थियो। कोरोना भाइरसको पहिलो मुद्धा चीनमा देखा परेपनि अहिलेको अवस्थामा अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत यसबाट सबैभन्दा संक्रमित देश बन्न पुगेका छन्। यी ५ देशमा संक्रमणको ५३ प्रतिशत अर्थात ५३ लाख २८ हजार ४ सय ४९ मुद्धा छन्।

६ मार्चदेखि चीनमा दैनिक सयभन्दा कम कोरोना संक्रमित देखिएका छन्। त्यसैले तीन महिनाभित्र चीनले कोरोना संक्रमणलाई नियन्त्रणमा राखेको अनुमान गरिन्छ। यहाँ ८३ हजारभन्दा बढी संक्रमित देखिएपनि ४ हजार ६ सय ३४ जनाको मात्र निधन भएको छ। 

पछिल्लो ६७ दिनमा कोरोना संक्रमितको संख्या निकै बढेको छ। पहिले १ सय ११ दिनमा कोरोनाको २५ लाख संक्रमित भेटिएका थिए। तर, पछिल्लो दुई महिनामा ७५ लाख मानिस संक्रमित भएका छन्। 

विश्वब्यापी रूपमा हाल दैनिक एक लाखको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन्। हालसम्म ५३ लाख मानिस कोरोना संक्रमणबाट ठिक भएका छन्। पूर्ण रूपमा ठिक हुने संख्या ५४ दशमलव शुन्य ८ प्रतिशत रहेको छ, जुन सन्तोषजनक मानिन्छ। 

विश्वको सबैभन्दा बढी ५ प्रभावित देशमा रुसमा ६१ दशमलव ८८ प्रतिशत ‘रिकभरी रेट’ रहेको छ। यस्तै, भारतमा ५८ दशमलव ०८, ब्राजिलको ५४ दशमलव ४९ र अमेरिकाको ४१ दशमलव ८६ प्रतिशत रहेको छ। 
यस्तै, विश्वभरि ५ लाख मानिसले ज्यान गुमाएका छन्।

जुन विश्व जनसंख्याको ५ दशमलव ०१ प्रतिशत मानिन्छ। बेलायतमा मर्नेको प्रतिशत सबैभन्दा बढी १४ दशमलव ०३ प्रतिशत रहेको छ। यस्तै अमेरिकाको ४ दशमलव ९९, ब्राजिल ४ दशमलव ३८, भारत ३ दशमलव ०७ प्रतिशत रहेको छ। रुसमा भने १ दशमलव ४२ प्रतिशत ‘डेथ रेट’ रहेको छ।
 

प्रकाशित मिति: : 2020-06-28 16:02:58

प्रतिकृया दिनुहोस्