अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएका हुन्।
अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको रोयटर्सले खबरमा उल्लेख गरेको छ। तर उनी नेपाली नागरिक भए/नभएको बारे भन्ने स्पष्ट पारिएको छैन।
तर त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।
समाचारमा जनाइएअनुसार उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए।
हमदान सोमालियाको दक्षिणी तर्फको जुबा क्षेत्रको मध्य भागमा भएको सैन्य कारवाहीको क्रममा उनको मृत्यु भएको जनाइएको छ। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन्।
सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ।