छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु

विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ। 

प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंलगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मंलगवा नगरपालिका-५ भाडसर बस्ने मोहमद गुलाम गैसको जिल्ला अस्पताल मंलगवामा उपचार भइरहेको   छ।


रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित सडकमा रोकी राखेको ना.६ ख ६२४ नम्बरको ट्रकमा बा.१४ च ६८७९ नम्बरको गाडी ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा उक्त गाडीमा सवार २ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा सियारी गाउँपालिका-६ अमुवा बस्ने २२ वर्षीय रोशन गुरुङको घटनास्थलमै र बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने  २१ वर्षीय शुशिल कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। दुवै गाडीका चालकलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी रौतहटको गुजरा नगरपालिका-४ कनकपुरमा ना.७ त ८७३८ नम्बरको ट्याक्टर अन्यत्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय संजय माझीको मृत्यु भएको छ।
बाराको सिम्रौनगढ नगरपालिका-७ पर्सा टोलमा पनि बिआर ०५ एम ७९५९ र बिआर ०५ एइ ६१६२ नम्बरका मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ०५ एम ७९५९ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अबताब आलमको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न  हाल फरार रहेका बिआर ०५ एइ ६१६२ नम्बरको मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी चितवनको खैरहनी नगरपालिका-४ लापाटोलस्थित ना.७ त ४४८८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५७ वर्षीय रिट्ठे परियारको शनिबार बिहान मृत्यु भएको छ। 

आफ्नै खेत जोत्ने क्रममा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-06-27 18:36:11

प्रतिकृया दिनुहोस्