
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
सेतोपाटी
जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ।
रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सकेनन्।
त्यसपछि ललितपुरको एउटा निजी संस्थामा सात वर्ष काम गरे। 'शारीरिक रूपमा अशक्त भए पनि म बाँचुञ्जेल आफ्नै पाखुरा बझारेर खान चाहन्छु,' रघुनाथ भन्छन्।
त्यसैले उनले जीवन ह्विलचेयरमा मात्र बिताएनन्। १३ वर्षदेखि चारपांग्रे स्कुटर पनि गुडाइरहेका छन्। १३ वर्षअघि रातो रङको प्लेजर स्कुटर थियो रघुनाथसँग। भक्तपुर घरबाट पुल्चोकस्थित कार्यालय जान-आउन मात्र चलाउँथे। घर वरपर ह्विलचेयरमै गुड्छन्।
ह्विलचेयरमा गुडेको शरीरले स्कुटर गुडाउन सजिलो थिएन। सुरूमा डर भयो। ह्विलचेयरको जीन्दगीबाट पहिलोपटक एक्लै सडकमा पुग्दा उनी हराएका पनि थिए। तर आफ्नो आत्मविश्वास अड्याइराखे। त्यसैले स्कुटर चलाएर काठमाडौंका सडकमा खुट्टा टेक्दा उनलाई संसार जितेजस्तो लागेको थियो।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया