‘कोरोना जन्तर’ले भाइरस मर्दैन, झुन्डाए मुटु र फोक्साेमा गम्भीर असर गर्छ: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरसको संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ। 

स्वास्थ्य मन्त्रालयको कोरोनासम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ‘कोरोना भाइरस रिमुभिङ कार्ड’पत्ता नलागेको स्पष्ट पारेका हुन्।
 
बरु यसले मुटु, फोक्साे लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ। ‘कार्डमा प्रयोग हुने रसायनहरुले मुटु, फोक्सो र कलेजोजस्ता अंगहरुमा असर गरी स्वास्थ्यमा गम्भीर असर पर्छ,’उनले भने। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए। यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए।

तर स्वास्थ्य मन्त्रालयले यो भाइरसले कोरोना संक्रमणबाट नजोगाउने प्रष्ट पारेको छ। गौतमले यसलाई सरकारले स्विकृतिसमेत नदिएको बताए। भने, ‘यस किसिमका कुनै कार्डलाई नेपाल सरकारले स्विकृति दिएको छैन।’
 

प्रकाशित मिति: : 2020-06-27 16:53:44

प्रतिकृया दिनुहोस्