ट्रम्पको चुनावी सभाको समाचार संकलन गर्ने पत्रकारमा कोराना पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभाको समाचार संकलन गर्ने एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

ओक्लाहोमा शहर काउन्टी स्वास्थ्य विभागमा एक छानबिनपछि कोरोना संक्रमित फेला परेका हुन्। 

रिपोर्टर पल मोनिजले आफू संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमा ट्विटरमा लेखेका छन्, ‘मसँग कुनै लक्षण थिएन, म धेरै स्वस्थ थिए, तर पनि मलाई कोरोना संक्रमण देखिएको छ। ’ पल ६ घण्टासम्म र्यालीमा रहेको बताएका छन्।

पलले मास्क लगाएको र सामाजिक दूरी पनि पछ्याइरहेको बताए। मोनिजले आफु कतिखेर पनि राष्ट्रपति ट्रम्पको नजिक नगएको पनि बताएका छन्।

उनले भने, ‘जब म खाजा लिन गए, त्यहाँ भीड थियो र कसैले पनि सामाजिक दूरीको पालना गरिरहेका थिएनन्, जस कारण मलाई कोरोना सरेको हुनसक्छ। ’

ओक्लाहोमा र्यालीका लागि काम गरिरहेका ट्रम्पको अभियानका ६ कर्मचारी र सेक्रेट सर्भिस वर्किंगका दुई कर्मचारी पनि कोरोना संक्रमित पाइएका छन्।

तुल्सा शहर काउन्टी स्वास्थ्य विभागका कार्यकारी निर्देशक डा. ब्रुस डार्टले भनेका छन्, ‘कुनै पनि जुलुस र सभाको आयोजना गर्न दिनु हुँदैन किनकि संक्रमण यही जुलुस र सभाबाट छिटो फैलिरहेको छ।’  

प्रकाशित मिति: : 2020-06-27 15:13:03

प्रतिकृया दिनुहोस्