कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २७ पुग्यो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अन्दाजी २५ देखि ३० वर्षीया महिलाको मृत्यु भएको हो।

ती महिलाको बेवारिसे शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ११ गते भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो।  

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-06-26 17:02:51

प्रतिकृया दिनुहोस्