कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सँगै कर्णालीमा संक्रमितको संख्या १४३३ पुगेको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक/एक जना रहेका छन। यस्तै काठमाडौंका व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको छ।
त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका १२ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक/एक जना रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७२० पुगेको महाशाखाले जनाएको छ।