जापानका नागरिकले अब आफैँले घरमै काेराेना परीक्षण गर्ने

जापान सरकारले अब घरमै बसेर कोरोना भाइरसकाे संक्रमण भए/नभएकाे आफैँले परीक्षण गर्न सकिने विधिको विकास गरेको छ।

 जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधि विकास गरेको हो। उक्त परीक्षण विधिबाट २५ मिनेटमै नतिजा प्राप्त हुने अनुसन्धानकर्ताहरुले जनाएका छन्। 

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ।  बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ। 

यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेको बीबीसीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-23 06:55:49

प्रतिकृया दिनुहोस्