नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुला

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुला भएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा मंगलबार बिहान पहिराे गएको गएपछि बन्द भएकाे सडक बिहीबार बिहान देखि एकतर्फी खुल्ला गरिएकाे प्रहरीले जनाएकाे छ।  

अहिले पहिरो आंशिक रुपमा हटाएर एकतर्फी रुपमा बाटो खुलाइएको भए पनि गाडीको चाप अत्याधिक रहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

सो पहिरो हटाएर बाटो सञ्चालनको तयारी भइरहँदा बेलुका पुनः पहिराे खस्दा समस्या भएको हो ।

अहिले पहिरो पूर्णरुपमा हटाएर बाटो दुई तर्फी नै सञ्चालन गर्ने प्रयास भइरहेको र केही घण्टा लाग्ने प्रहरीको भनाई छ । तर पानी पर्ने क्रम बाँकी नै रहेकाले समस्या भएको छ ।

प्रकाशित मिति: : 2020-06-18 08:49:57

प्रतिकृया दिनुहोस्