बाँकेमा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा राप्तीसोनारी र डुुडुवा गाउँपालिकाका तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।
भेरी अस्पताल नेपालगञ्जका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय पुरुष, डुडुवा गाउँपालिका वडा नम्बर १ का १९ र वडा नम्बर ३ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै उक्त अस्पतालमा गरिएको परिक्षणको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोरोनामा उपचाररत रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका १ का ८२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनको अस्पतालको सर्जिकल वार्डमा उपचार भइरहेको थियो ।
अस्पतालका उप निर्देशक दिनेश श्रेष्ठका अनुसार ती व्यक्तिमा कोरोना संक्रमण भएको थाहा पाउन वित्तिकै सर्जिकल वार्ड नै शिल गरिएको हो ।
उनले कोरोना संक्रमित ती व्यक्ति जेष्ठ २१ गते अस्पातालमा आएको जानकारी दिए । अहिले उनको सम्र्पकमा आएका व्यक्ति, स्वास्थ्यकर्मी र कर्मचारीहरु क्वारेन्टिनमा राखिएको छ । यस्तै भेरी अस्पातालमा परेको परिक्षणमा बर्दियाको बढैयाताल गाँउपालिका १ का २४ वर्षीय महिला, सोही वडाका २१ वर्षीय पुरुष र बढैयाताल २ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।