लामो समयदेखि भारतले अतिक्रमण गरेका नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका क्षेत्र समेटिएको नक्सा शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको खुसीयालीमा बाँके र बर्दियामा दीप प्रज्वलन गरिएको छ ।
दुवै जिल्ला सदरमुकाम र अन्य सहरमा समेत युवाहरूको सक्रियतामा दीप प्रज्वलन गरिएको हो ।
युवाहरूले बाँकेको नेपालगञ्ज र कोहलपुर तथा बदर्दियाको सदरमुकाम गुलरिया, बाँसगढी र मैनापोखरमा नयाँ राजनीतिक नक्सासहित दीप प्रज्वलन र खुसीयाली गरेका थिए।
बर्दिया बाँसगढी बजारमा सरकारको कदम र नेपाल र नेपालीहरूको लागि एक ऐतिहासिक दिनमा केही युवाहरू मिलेर कार्यक्रम गरिएको युवा मधुर पौडेलले बताए ।आजको दिन हरेक देशप्रेमी जनताका लागि नि सुखद दिन भएको उनले प्रतिक्रिया दिए ।