अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ लाख २ सय ७६ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए।
कोरोनाबाट बढी मानवीय क्षति हुनुमा ट्रम्पको कार्यशैली जिम्मेवार भएको भन्दै उनका आलोचकहरुले आरोप लगाउँदै आएका छन्। संक्रमण र मृत्युलाई रोक्न सरकारले चाल्नुपर्ने प्रभावकारी कदम नचालिएको आलोचकहरु बताउँछन्।