दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

दाङमा थप १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ।

यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। 

यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-05-27 16:00:30

प्रतिकृया दिनुहोस्