गत शुक्रबार नेपालगञ्जमा एक ६० वर्षका मुस्लिम समुदायका पुरुषमा कोरोना संक्रमण पुष्टि भयो। अघिल्लो दिन नेपालगञ्जको मस्जिद र मदरसामा रहेका ११ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । ११ जनाको रिपोर्ट मध्ये उनको रिपोर्ट मात्रै पोजेटिभ आयो ।
लगत्तै बाँके प्रशासनले नेपालगञ्जका चार वटा स्थाल सिल गर्ने निर्णय ग¥यो । त्यहाँका डिएसपी रोड, वडा न ८ को महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल भए । त्यसपछि मात्र कन्ट्याक ट्रेसिङको काम थालियो । ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जना भेटिए सँगै शनिबार सबै जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण गरिएको थियो ।
त्यसमध्ये पहिलो चरणमा ३० जनाको नमूना परिक्षण गर्दा ९ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि ग¥यो । आइतबार साँझ थप ३० जनाको परिक्षण टिपोर्टमा थप ६ जना थपिए । यसरी एकैदिन नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएसंगै संक्रमितको संख्या १६ जना पुग्यो । संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । सबै मुस्लिम समुदायका हुन् ।
नेपालगञ्जमा कोरोनाबाट संक्रमित मध्ये उनी सबैभन्दा कम उमेरका बिरामी हुन् । भने अहिले सम्म देशमै भेटिएका कोरोना संक्रमित मध्ये उनी सबैभन्दा कम उमेरका कान्छा संक्रमित हुन् । भेरीअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अझैँ ३० जनाको रिपोर्ट आउन बाँकि रहेको जानकारी दिएका छन् ।
‘भारतबाट आएका पहिलो संक्रमित उर्दू भाषा र घरघरमा नमाज पढाउँथे’
गत वर्षकौ चैत्र १० गते नेपालका सबै अन्र्तराष्ट्रिय नाका बन्द गरियो । भारतमा समेत सिमा बन्द गर्ने निर्णय गर्दा नेपालगञ्जस्थित नेपाल –भारत सिमा नाकामा सयौ नागरिक थुनिएका थिए ।
केहीदिन पछि स्थानीय प्रशासन र स्थानीय सरकारको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसालिएको थियोे । करिब ६ सय जनाको संख्यामा रहेका उनीहरु त्यहाँ खाने,बस्ने व्यवस्था राम्रो नभएको भन्दै बहुसंख्यक मानिस भागे । उक्त भाग्ने टोलीमा नेपालगञ्जमा पहिलो पटक कोरोना संक्रमण देखिएका व्यक्ति पनि थिए । उनी चैत्र महिनामा पहिलो पटक भारतको नानपाराबाट आएको पाइएको छ ।
उनी पछि वडा नम्बर ८ मा रहेको महेन्द्र पार्कमा स्थित मस्जिद्मा जाने गरिरहन्थे । उनी भने वडा नम्बर ७ डिएसपि रोडका बासिन्दा हुन् । उनका ६ जना परिवारमा समेत कोरोना संक्रमण भेटिएको छ । पछि स्थानीय सरकारले मस्जिद् बन्द गरेपछि उनी नजिकैका टोलमा रहेका घरघरमा गएर उर्दू भाषा र नमाज पढाउँथे ।उनको जिविकोपार्जनको प्रमुख स्रोत नै त्यही हो । उनी शिक्षक समेत हुन् ।
अहिले चार वटा स्थान सिल भइसकेको छ भने उनको गाउँलाई दुईतर्फी बन्द गरिएको छ । ‘मदरसामा बस्ने गरेको खुलेको पनि खुलेको छ । उनीहरुसँग फोन समेत रैनरैछ । पछि मोबाइलको व्यवस्था गरेर बुझ्ने प्रयास हुँदैछ ।’अस्पतालका मेडिकल सुपरिडेण्ट डाक्टर प्रकाश थापाले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले पनि संक्रमितबारे बुझ्ने काम भइरहेको बताए ।‘उनको टोलमा उनीसँग सम्पर्कमा आएका मानिसलाई अलग राख्ने काम सुरु भएको छ । बुझ्ने काम भइरहेको छ । हामी ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ खोज्दैछौं ।थप संक्रमित पनि उनको सम्पर्कमा आएका व्यक्ति नै हुन् ।
उनीहरु पनि कसको सम्पर्कमा आएका थिए । सबै प्रक्रिया सुरु भइसकेको छ ।’बाँके प्रशासनले दिएको जानकारी अनुसार पहिलो संक्रमितलाई कहाँ, कसरी र कहाँ संक्रमण भएको थियो भने पत्तो लागि सकेको छैन । आइतबार एकै दिन नेपालगञ्जमा कोरोना संक्रमण भेटिएपछि सिंगो जिल्ला नै त्रसित बनेको छ । अहिले नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सबै संक्रमित लाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको छ।
कोहलपुरका चार नाका बन्द
नेपालगञ्ज देखि १६ किलोमिटर दुरीमा रहेको कोहलपुरमा समेत लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । आइतबार साँझ कोहलपुर नगरपालिकाको अगुवाईमा बसेको सर्वदलीय बैठकले कोहलपुरका सबै नाका बन्द गर्ने निर्णय गरिएको छ ।
नगरप्रमुख लुट बहादुर रावतका अनुसार नेपालगञ्जसँग सिमा जोडिएको दक्षिणी नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । ‘सबै नाका बन्द गर्ने निर्णय गरेका छौ । सवारी आवागमन पनि बन्द हुन्छ । कोहलपुरमा हुने गरेका साँस्कृतिक र धार्मिक गतिविधि समेत नगर्न आग्रह गरिएको छ ।’ उनले भने । अर्काे सूचना जारी नभएसम्म कुनै पनि औपचारिक गतिविधि गर्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
नेपालगञ्जमा कोरोना संक्रमित बढ्न थालेपछि ५ नम्बर प्रदेश सरकारले नेपालगञ्जलाई आवश्यक पर्ने पिपिआर परिक्षण किट र पीपीई लगायतका सामग्री पठाइएको मुख्य मन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् ।