प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख अग्नि सापकोटा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बुधबार  संयुक्त रुपमा संघीय संसद भवनको अवलोकन गरेका छन्।

कोरोनाको त्रासका कारण संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएपछि पहिलो पटक आज प्रधानमन्त्रीसहितले अवलोकन गरेका हुन्।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। विगतसँग तुलना गर्दा सरकारको नीति तथा कार्यक्रम घोषणा पनि ल्याउने समय पनि भइसकेको छ। 

संसदको बैठक सुरु गर्ने तयारी भइरहेको बखतमा प्राविधिक रुपमा बैठक बस्न कति सम्भव छ भन्ने कोणबाट प्रधानमन्त्रीले संसद भवनको अवलोकन गरेका हुन्। 

यसअघि आजै बिहान प्रधानमन्त्री र सभामुखबीच भेट भएको थियो। उनीहरुबीच तीन विषयमा छलफल भएको थियो। सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार संघीय संसदको बजेट ( वर्षे) अधिवेशन बोलाउने विषय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: : 2020-04-29 18:30:59

प्रतिकृया दिनुहोस्