एक हजार ९९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ । 

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो । पिसिआर र र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे जानकारी लिन र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ । 

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिनुभयो । उनका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।

प्रकाशित मिति: : 2020-04-25 12:25:54

प्रतिकृया दिनुहोस्