अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसको संक्रमण भएकी पाँच महिनाकी बालिकाको निधन भएको छ ।
न्यूर्योक सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको यही हप्ता निधन भएको पारीवारीक स्रोतले बताएको छ।
एक महिनासम्म अस्पतालमा जीवनसँग संघर्ष गरेकी पाँच महिनाकी जे–नातालीले कोरोना भाइरसलाई जित्न सकिनन् । उनलाई गएको मार्च २१ मा ज्वरो आएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । उनको मुटुमा पहिलेदेखि नै समस्या थियो ।
एक महिना अस्पतालमा रहँदा जे–नातालीको स्वास्थ्यमा सुरुमा केही सुधार भएको र लगत्तै बिग्रिएको हजुरआमा वान्डा ला सान्ताले बताएकी छन् ।
जे–नाताली अमेरिकामा कोरोनाबाट मृत्यु हुने सबैभन्दा कम उमेरकी हुन् । अहिलेसम्म अमेरिकामा कोरोनाले नातालीसँगै तीन बालबालिकाको ज्यान लिएको छ ।
यसअघि ६ महिने शिशु र १४ वर्षका बालबालिकाको पनि अमेरिकामा कोरोनाका कारण ज्यान गएको थियो ।