विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेकाे संंख्या दुई लख नजिक पुग्न लागेकाे छ।
याे समाचार तयार पार्दासम्म पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ५२ हजार ९२ जनाको मृत्यु भएको छ । यस्तै ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित छन्।
स्पेनमा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित छन्।
त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।
फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ । १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् ।
बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुँदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ । यस्तै ४ हजार ४ सय ४७ जना संक्रमित भएका छन्।
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार ९ सय ४० पुग्दा २ सय ५३ जनाको मृत्यु भएको छ ।