कोरोनाको त्रासका बीच न्यूरोडमा ३ युवाले शुरू गरे साबुनपानीले हात धुने अभियान [फोटो/भिडियो]

लोकान्तर

काठमाडौँ

गगन अर्याल

वि श्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेका बेला नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर काठमाडौंका ३ युवाले सार्वजनिक स्थलमा साबुनपानीले हात धुने व्यवस्था गरेका छन् ।

विवेक शर्मा, महेन्द्र शाही र श्रीराम महर्जनले काठमाडौंको न्यूरोडस्थित पाकोको मोबाइल गल्लीमा १२ वटा ट्याङ्कीमा पानी र साबुन राखेर कोरोनाको जोखिम कम गर्न हात धुने अभियान शुरू गरेका हुन् ।

प्रकाशित मिति: : 2020-03-20 04:09:44

प्रतिकृया दिनुहोस्