काठमाडौं महानगरमा मनलाग्दी : कार्यविधि नै नबनाई बैठक भत्तामा लाखौं झ्वाम !

नारायण अर्याल

काठमाडौं महानगरपालिकाले कार्यविधिबेगर बैठक भत्तामा मात्र महिनामै लाखौं खर्चिने गरेको पाइएको छ । 

कार्यालय समयभित्र वा सम्बन्धित कार्यालयका कर्मचारी मात्र बस्ने बैठकको भत्ता लिन नपाइने व्यवस्था भएपनि भत्ता लिनकै लागि बैठकहरूलाई त्यस अनुकूल मिलाउने गरिएको गुनासो महानगरकै कतिपय कर्मचारीको छ ।

महानगरमा बैठक भत्तामा कतिसम्म खर्च हुन्छ भन्ने कुराका लागि केही उदाहरण हेरौं–

महानगर वित्त विभागले २०७६ साल साउन २४ गते महानगरको चौथो र पाँचौं अधिवेशनका ५ वटा बैठकको भत्ताबापत २७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी गर्‍यो ।

चालू आर्थिक वर्षको माघ मसान्त सम्ममा भएका भुक्तानीको विवरण हेर्दा जनप्रतिनिधिको बोर्ड बैठकको भत्ता ४ लाख ६५ हजार ५ सय, बजेट निर्माणका क्रममा बसेका बैठकको भत्ता ३ लाख ७५, निर्णय कार्यान्वयन समन्वय सिमितको बैठक भत्ता २ लाख १९ हजार तथा शिक्षा समितिको २ वटा बैठकको भत्तास्वरूप १ लाख ४२ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

प्रकाशित मिति: : 2020-03-16 04:37:47

प्रतिकृया दिनुहोस्