सौर्यमण्डलका माउतारा सूर्यबारे केही जानकारी

वैज्ञानिकहरुले गणना गरी निकालेअनुसार यो सूर्य आगामी ५ अर्ब वर्षसम्म पनि यस्तै चम्किरहने छ

हाम्रो ब्रम्हाण्ड अर्थात् आकाशगंगा तारापुञ्जका करिब एक खर्ब पचास अर्ब संख्याका ताराहरुमा सूर्य पनि एक तारा हो । सूर्य एक मझौलाखाले तारा हो । तर यो हामीबाट धेरै नजिक भएको कारणले गर्दा हामी यसलाई अरु ताराहरुभन्दा धेरै ठूलो देख्छौं र यसको ताप तथा प्रकाशको प्रभाव हामी प्रत्यक्ष नै अनुभव गर्छौं ।ब्रम्हाण्डमा रहेका अन्य अरबौं खरबौं  ताराहरुको दाँजोमा सूर्य मध्यम खालको भए पनि यो पृथ्वीको तुलनामा धेरै नै ठूलो छ । सूर्यको आयतनमा १० लाखभन्दा बढी पृथ्वीहरु अटाउँछन् । यसको व्यास पृथ्वीको भन्दा ११० गुना बढी छ । अर्थात् सूर्यको व्यास १३,८०,००० किलोमिटर छ ।

प्रकाशित मिति: : 2020-02-02 03:25:55

प्रतिकृया दिनुहोस्