प्रभुको नाममा पास्टरले गरे बलात्कार, करायो धुरीबाट पाप

एक 'बलात्कारी' बाबाको पर्दाफास भएको केही समय नबित्दै एक बलात्कारी पास्टरको हर्कत सार्वजनिक भएको छ। कृष्णबहादुर गिरी नाम गरेका ती बाबाले आफ्नै अनुयायीको अस्मिता लुटेका थिए भने ध्रुवबाबु जोशी नामका पास्टरले उनकै अनुयायीको सतीत्व लुटि दिए ।

ध्रुबबाबु जोशीले क्रिश्चियन भएसँगै नाम परिवर्तन गरेर आफूलाई विश्वास जोशी बनाएका छन्। क्रिश्चियनहरू आफूलाई विश्वासी भन्ने गर्छन्। उनी आशा विश्वासी मण्डली चर्चका पाष्टर हुन्।

बलात्कारी एक असामान्य मनस्थितिको उपज हो त्यसैले बलात्कारी मठ, चर्च, दरबार, सडक जता पनि हुन सक्छन् । कृष्णबहादुर मन्दिरमा भेटिएका थिए ध्रुवबाबु चर्चमा भेटिए । यो असामान्य हो, तर समाजमा नियमित आकस्मिकता हुँदै सामान्य भैरहेको छ ।

तर, त्योभन्दा पनि महत्वपूर्ण कुरा यी पास्टरले जे जस्तो तर्क गरेर सतीत्व लुटे त्यो भने अनौठो छ; त्यसैले यो अरू विशेष बनेको छ । 

पीडित बालिकाका अनुसार उनले परमेश्वरले आफूसँग शारीरिक सम्बन्ध राखे पाप पखालिन्छ भन्दै ललाई फकाई बलात्कार गरेका थिए। 

उनले अझ यसो पनि भन्न भ्याएछन्, ' नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो । सो पाप मेटाउनको लागी तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ भनि म प्राथना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ । त्यस्तैले तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नाश भएर जान्छ ।'

पीडित बालकाले उजुरीमा भनेकी छिन्, ' यसरी मलाई ललाई फकाई विश्वास दिलाएर ललितपुरको चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाएर बलात्कार गर्यो।'

'यसले त क्रिश्चियन धर्ममै पापको छिटा लगायो । पास्टरको नाममा कलंक रहेछ यो । यस्ताको के मुख हेर्नु ?'

पास्टरले पीडित युवतीलाई शारीरिक सम्बन्ध राखेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश भएर जाने र जे पनि हुन सक्ने भन्दै जोशीले धम्की समेत दिएका थिए। 

जब साधु सन्तहरू भगवानका नामा यस्ता कुकर्ममा लाग्छन्,  प्रभुका नामा पाष्टरहरू यस्तो नीच कार्यका लिप्त हुन्छन्, तब कसरी धर्मको रक्षा हुन्छ ? के आशा र विश्वासले मानिसले भगवानको नाम  लिनु ?, चर्च र मन्दिरहरूमा जानु ? 

सोमबार जाउलाखेल प्रहरीको हिरासतमा रहेका पास्टरलाई देखेर उनकै एक अनुयायी भन्दै थिए, 'यसले त क्रिश्चियन धर्ममै पापको छिटा लगायो । पास्टरको नाममा कलंक रहेछ यो । यस्ताको के मुख हेर्नु ?'

प्रकाशित मिति: : 2020-01-14 16:07:56

प्रतिकृया दिनुहोस्