सुनको भाउ तोलाको ४०० ले बढ्यो

छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो।

फाइल तस्बिर

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको हो।

छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको महासङ्घले जनाएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो।

शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ। महासङ्घले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ।

प्रकाशित मिति: : 2020-01-13 04:48:29

प्रतिकृया दिनुहोस्