राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको एक सत्रमा पाएको ६० सेकेण्ड समयको भरपुर उपयोग गरेकी छिन्।
आफू प्रभावित भएको जीवन कथाका बारेमा बताउँन दिइएको ६० सेकेन्डमा उनले आफू नौ वर्षको हुँदा बिना औषधोपचार ३२ या ३३ वर्षको उमेरमा आफ्नो बाबुलाई गुमाउनुपर्दाको क्षणको संस्मण गरिन् र त्यही क्षणमा परिरवर्तन ल्याउँनका लागि आफू राजनीतिमा लाग्न प्रेरित भएको बताइन् ।
उनले नेपाली भाषामै आफ्नो कुरा राखिन् र त्यो ६० सेकेण्डलाई सही सदुपयोग गरेको अनुभूति गराइन् ।यो प्रस्तुतिबाट धरै नेपालीले आफ्नो मन जितेको बताए।
राष्ट्रपति भण्डारीको भनाइ उनकै शव्दमा -
धन्यवाद ।
म चाँहि एकदमै दुर्गम गाउँमा जन्मेको हो। त्यसैले म जुन गाउँमा जन्म सबैले पढ्न पनि पाएका थिएनन्, स्वास्थ्य उपचार गर्न पनि पाएका थिएनन्, वर्षभरि गरेको कामले खान पनि पाएका थिएनन्।महिला नेतृत्व हुनुपर्छ भन्ने त मैले बाल्यकालमा त्यति धेरै थाहा पनि पाएको थिइन्। त्यो देखेर मैले यो परिवर्तन आवश्यक छ। सबै जनताले खान पाउनु पर्छ, सबैले पढ्न पनि पाउँनुपर्छ, सबैले विरामी हुँदा उपचार गर्न पाउँनुपर्छ भन्ने त्यो भावनाले प्रेरित भएर मैले चाँहि यो परिवतनको कार्यमा लागेको हो ।
मरो आफ्नै पनि यति कुरा उठेपछि मैले भन्नुपर्छ। मेरो बुबा चाँहि एकदम गाउँको पढे लेखेको तत्कालिन अवस्थामा हाइस्कुलको प्रिसन्सिपल भएर काम गरेको व्यक्ति हुनुहुन्थ्यो। तर उहाँ पनि विरामी हुँदाखेरी हामीले गाउँमा उपचार गर्न सकेनौ। र, एकदमै यङ उमेरमा उहाँ करिव ३२ या ३३ वर्षको हुनुहुन्थ्यो। म त ९ वर्षको मात्र थिएँ, उहाँको बिना उपचार चाँहि निधन भयो भन्ने मैल बुझै। त्यल्ले गर्दाखेरि पनि मलाई राजनीतिमा लाग्न चाँहि प्रेरणा दियो।
यस्ता थुप्रै घटना छन् जो यहाँ यत्रो सभामा चर्चा गर्न सकिदैन र कहिले पनि थाकिदैन जनताको लागि काम गर्न, आम मानिसहरूको लागि काम गर्न, महिलाहरूको लागि, महिलाहरूको सम्मानको लागि, महिलाहरूको प्रतिष्ठाका लागि र उनीहरूको सशक्तिकरणका लागि काम गर्न त्यति इनर्जी प्राप्त भैसकेको छ जो देखेर थकाइ लाग्दैन ।