बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन्। उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस पोष्ट गर्दै यस्तो घोषणा गरेका हुन्। उनको यो नयाँ घोषणासँगै क्यानाडा र मैक्सिकोबाट आउने सामान २५ प्रतिशत र चीनबाट आउने सामान कम्तिमा पनि १० प्रतिशत महंगो हुनेछन्।
अमेरिकामा बनेका सामान प्रयोग गर्न प्रोत्साहित गर्ने मागा अभियानअन्तर्गत उनले यो घोषणा गरेका हुन्। अमेरिकामा धेरैजसो दैनिक उपभोग्य सामान यी तीन देशहरूबाटै आउँछन्। अमेरिकामा उत्पादन हुने सामान यसै पनि महंगा छन् र सबै सामानहरू तत्काल उत्पादन गर्न पनि सम्भव छैन। यस्तो अवस्थामा अमेरिकी जनता अरू थप महंगीको मारमा पर्नेछन्।
देशमा बाइडेन प्रशासनले महंगी बढाएको भाष्य निर्माण निरमा्ण गरेर महंगीको मुद्दामा चुनाव जितेका ट्रम्पको यो घोषणा आकस्मिक रूपमा आएको हैन। उनले चुनावी अभियानकै क्रममा बाहिरबाट आउने सामानमा योभन्दा पनि बढी प्रतिशतमा भन्सार लगाउने घोषणा गरेका थिए। तर, उनले त्योसँगै महंगी घटाउने पनि वाचा गरेका थिए। उनको यो परस्पर विरोधी वाचा अर्थशास्त्रीहरूले नपत्याए पनि अमेरिकी मतदाताले भने पत्याएका थिए।
ट्रम्पको यो घोषणाबाट महंगी घट्ने आशा गरेका अमेरिकी मतदाताको आशामा भने तुषारापात हुने सम्भावना बढेको छ। ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगतै नयाँ भन्सार दर लागू भयो भने अमेरिकी जनताको भान्छा अरू महंगो हुने छ। अमेरिकामा मेक्सिकोबाट ठूलो मात्रामा भान्छामा खपत हुने केरा, गोलभेडा, बेरी, काक्रो, एभोकाडो, सलाद, खुर्सानीलगायतका कृषिजन्य उत्पानहरू आयात हुन्छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया