बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन्। उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस पोष्ट गर्दै यस्तो घोषणा गरेका हुन्। उनको यो नयाँ घोषणासँगै क्यानाडा र मैक्सिकोबाट आउने सामान २५ प्रतिशत र चीनबाट आउने सामान कम्तिमा पनि १० प्रतिशत महंगो हुनेछन्।
अमेरिकामा बनेका सामान प्रयोग गर्न प्रोत्साहित गर्ने मागा अभियानअन्तर्गत उनले यो घोषणा गरेका हुन्। अमेरिकामा धेरैजसो दैनिक उपभोग्य सामान यी तीन देशहरूबाटै आउँछन्। अमेरिकामा उत्पादन हुने सामान यसै पनि महंगा छन् र सबै सामानहरू तत्काल उत्पादन गर्न पनि सम्भव छैन। यस्तो अवस्थामा अमेरिकी जनता अरू थप महंगीको मारमा पर्नेछन्।
देशमा बाइडेन प्रशासनले महंगी बढाएको भाष्य निर्माण निरमा्ण गरेर महंगीको मुद्दामा चुनाव जितेका ट्रम्पको यो घोषणा आकस्मिक रूपमा आएको हैन। उनले चुनावी अभियानकै क्रममा बाहिरबाट आउने सामानमा योभन्दा पनि बढी प्रतिशतमा भन्सार लगाउने घोषणा गरेका थिए। तर, उनले त्योसँगै महंगी घटाउने पनि वाचा गरेका थिए। उनको यो परस्पर विरोधी वाचा अर्थशास्त्रीहरूले नपत्याए पनि अमेरिकी मतदाताले भने पत्याएका थिए।
ट्रम्पको यो घोषणाबाट महंगी घट्ने आशा गरेका अमेरिकी मतदाताको आशामा भने तुषारापात हुने सम्भावना बढेको छ। ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगतै नयाँ भन्सार दर लागू भयो भने अमेरिकी जनताको भान्छा अरू महंगो हुने छ। अमेरिकामा मेक्सिकोबाट ठूलो मात्रामा भान्छामा खपत हुने केरा, गोलभेडा, बेरी, काक्रो, एभोकाडो, सलाद, खुर्सानीलगायतका कृषिजन्य उत्पानहरू आयात हुन्छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया