बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह जोर्जियाको प्लेन्सस्थित घरमै भएको हो। उनी लामो समयदेखि अस्वस्थ थिए ।
नेपालको शान्ति प्रक्रियाका एक हस्ती तथा नेपालका हितैषी उनको निधन एक सय वर्षको उमेरमा भएको हो l शतायु बाँच्ने उनी पहिलो र एक मात्र अमेरिकी राष्ट्रपति हुन् । उनको जन्म अक्टोबर १, १९२४ मा जोर्जियाको प्लेन्समा भएको थियो । उनी एक बदाम किसान बाबु र नर्स आमाका जेठा सन्तान थिए ।
सन् १९७८ मा राष्ट्रपति भएको बेला नेपालको भ्रमण गरेका कार्टरले भौतिक रुपमै उपस्थित भएर २०७० सालमा नेपालको दोस्रो संविधान सभा चुनावको पर्यवेक्षण गरेका थिए ।
कार्टर सेन्टर स्थापना गरेर मानव अधिकार तथा शान्ति स्थापनामा सक्रिय कार्टर अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट सन् १९७७ मा राष्ट्रपति निर्वाचित भएका थिए । नेपालमा पनि कार्टस सेन्टरको च्याप्टर कार्यरत् छ ।
कार्टरकै अगुवाईमा सन् १९७८ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरायली प्रधानमन्त्री मेनाकेम बेगिनसँगको क्याम्प डेभिड सम्झौता भएको थियो । यो सम्झौताले मध्यपूर्वमा शान्ति स्थापनामा गर्न अहम् भूमिका निर्वाह गरेको छ । यो ऐतिहासिक योगदान र मानवअधिकार तथा शान्ति स्थापनामा पुर्याएको उनको योगदानको सम्मान गर्दै सन् २००२ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको हो । कार्टर अमेरिकी राष्ट्रपतिबाट अवकाश पाएपछि यो पुरस्कार प्राप्त गर्ने एक मात्र अमेरिकी पूर्व राष्ट्रपति हुन् ।
राष्ट्रपति हुनुभन्दा अगाडि जर्जियाबाट सिनेटर र जर्जियाको गभर्नर रहेका उनी राजनीतिमा जानु अघि एक बदाम किसान थिए । उनले सात वर्ष अमेरिकी नौसेनामा सेवा गरेर लेफ्टिनेन्टका रूपमा अवकाश लिएका थिए ।
सादा जीवन उच्च विचारका कार्टरलाई अमेरिकी जनता एक सच्चा अमेरिकीका रूपमा सम्मान गर्छन् । उनी सधैंभरी साँचो कुरा बोल्ने प्रतिज्ञा गर्दै अमेरिकी राष्ट्रपतिको सपथ लिएका थिए । उनले जीवनपर्यन्त त्यो प्रतिज्ञा पालना गरे ।
कार्टरको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका नेताहरूले गहिरो शोक व्यक्त गर्दै उनको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया