सोमबार, १२ अक्टोबर २०२६

जिबुटी तटमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा १३९ जनाको मृत्यु, ८४ जना बेपत्ता

News Image
• • •

पूर्वी अफ्रिकी देश जिबुटीको तटमा आप्रवासी बोकेको डुंगा पल्टिँदा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासनसम्बन्धी निकायका अनुसार ८४ जना बेपत्ता छन्।

आइतबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले उद्धार गरिएका व्यक्तिहरूलाई उद्धृत गर्दै बिहीबार रातिदेखि शुक्रबार बिहान हुनुअघिसम्म जिबुटीको पूर्वी तटमा रहेको अदनको खाडीस्थित बाब अल-मन्देब जलडमरूमध्यनजिक गुहेरे क्षेत्रमा उक्त घटना भएको जनाएको छ।

तीन सयभन्दा बढी मानिस सवार डुंगा जिबुटीबाट यमनतर्फ जाँदै थियो। दुर्घटनामा ८० जनाभन्दा बढी मानिस बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाका नागरिक हुन्। जिबुटीका अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जान्द्रे कोइसाकले एपीलाई बताएअनुसार उक्त सङ्ख्यामा जिबुटीका अधिकारीहरूले गाडेका शव मात्र समावेश छन्। आप्रवासीहरूले आफैँ गाडेका अन्य शवलाई अधिकारीहरूले प्रमाणीकरण नगरेसम्म आधिकारिक सङ्ख्यामा समावेश गरिने छैन।

‘आर्थिक अवसरको खोजीमा यस आप्रवासन मार्गबाट यात्रा गर्ने आप्रवासीहरूले सामना गर्नुपर्ने जोखिमको यो दुःखद घटनाले स्पष्ट स्मरण गराउँछ,’ कोइसाकले थपे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!