सोमबार, ०२ नोभेम्बर २०२६

इनमसँग जोडिएका न्यायाधीशबारे अध्ययन गर्न बारले बनायो समिति

News Image
• • •

नेपाल बार एशोसिएसनले बिचौलिया इनम सापकोटालाई भेट्न होटलमा हुल बाँधेर जाने न्यायाधीशहरूबारे तथ्य संकलन गर्न समिति गठन गरेको छ।

एशोसियसनले इनमको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो।

समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल सदस्य छन्। बार सदस्य अर्याललाई समितिको सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ।

बारले समितिलाई प्रतिवेदन तयार पारी बुझाउन एक महिनाको समयसीमा दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!