मङ्गलबार, ०३ नोभेम्बर २०२६

नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

News Image
• • •

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्।

भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

दलेलाले नेपालका लागि भारतको नयाँ राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउँदैछन्। विदेश सचिवको नेपाल भ्रमणको अघिल्लो दिन भारतले नेपालका लागि नियाँ राजदूत पठाएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!