बिएल संवाददाता
भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको इरानी माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको बताएको छ।
४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ।
नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन। गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले उक्त जहाज कब्जामा लिएको थियो।
समुद्री डाकुहरूले जहाजलाई अन्य व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने जोखिम देखिएपछि भारतीय नौसेनाले कारबाही अघि बढाएको थियो। त्यसका लागि परिचालित युद्धपोतसँगै समुद्री निगरानी विमान परिचालन गरिएको थियो।
निरन्तर निगरानीपछि नौसेनाले जहाजको अवस्थिति पत्ता लगाएर त्यसको गतिविधि नियन्त्रणमा लिएको थियो। जहाजलाई भाग्न नदिन गैरघातक उपाय अपनाइएको थियो। भारतीय वायुसेनाको सी–१७ विमानबाट सटीक हवाई अवतरणमार्फत नौसेनाका मरीन कमान्डोसमेत परिचालन गरिएको थियो।
समन्वित सैन्य कारबाहीमार्फत जहाज नियन्त्रणमा लिएर समुद्री डाकुहरूको खतरा निष्प्रभावी बनाइएको र चालक दलका सबै सदस्यलाई सुरक्षित मुक्त गरिएको नौसेनाले जनाएको छ।
भारतीय नौसेनाले यो सफल कारबाहीले जटिल समुद्री सुरक्षा चुनौती सामना गर्ने आफ्नो तयारी र विभिन्न सुरक्षा निकायबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको बताएको छ। साथै, हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षाको पहिलो प्रतिक्रियादाता तथा भरपर्दो सुरक्षा साझेदारका रूपमा भारतको प्रतिबद्धता यसले पुनः देखाएको नौसेनाको भनाइ छ।
नौसेनाले समुद्री यात्रुको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापारका महत्त्वपूर्ण समुद्री मार्गको संरक्षण र हिन्द महासागर क्षेत्रमा सुरक्षित तथा स्थिर समुद्री वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया