मङ्गलबार, ०३ नोभेम्बर २०२६

माधव–मिनेन्द्रविरुद्ध भ्रष्टाचार मुद्धाः ९४ प्रतिवादीसँग ७६ करोड बिगो दाबी

News Image
• • •

पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्धा पेस भएको छ।

मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र रिजालसहित ९४ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा पेस गरेको हो।

विशेष अदालतमा दर्ता भएको मुद्धामा ७६ करोड बिगो दाबी गरिएको छ। ९४ प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफतको प्रयोजनमा विपक्षी बनाइएको अख्तियारले जनाएको छ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि क्याविनेटबाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाइ मुद्धा दायर गरेको हो। मुद्धा रुजु हुने क्रममा छ।

नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्धा विचाराधीन छ।

तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छबिराज पन्तसहितलाई विपक्षी बनाइएको मुद्धामा तत्कालीन मुख्य सचिव माधव घिमिरेको निधन भएकाले उनको परिवारलाई विपक्षी बनाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!