बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले जिम्मेवारी प्राप्त गर्नु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक विषय भएको बताए। पार्टीमा लामो समय योगदान गरेको र नेतृत्वको विश्वास जितेको आधारमा जिम्मेवारी प्राप्त भए पनि अब कामको नतिजाबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘जिम्मेवारी प्राप्त गर्नुभन्दा त्यसलाई कुशलतापूर्वक पूरा गर्नु धेरै कठिन काम हो। जिम्मेवारी यत्तिकै प्राप्त हुँदैन, यसका पछाडि लामो इतिहास, योगदान, मेहेनत र पसिना जोडिएको हुन्छ। त्यसकै प्रतिफलस्वरूप जिम्मेवारी पाइने हो। तपाईंहरूले पनि पार्टीमा लामो समय योगदान पुर्याएर, पसिना बगाएर र विश्वास जितेर यो जिम्मेवारी प्राप्त गर्नुभएको छ। तर अब यस जिम्मेवारीलाई कसरी वहन गरिन्छ, कसरी कार्यान्वयन गरिन्छ र कसरी सफल बनाइन्छ भन्ने कुराको परीक्षा शुरु भएको छ। अब केन्द्रीय सदस्यको हैसियतले तपाईंहरूको वास्तविक काम र त्यसको नतिजा देखिनुपर्दछ।’
ओलीले पार्टीका नीति, सिद्धान्त र निर्णयलाई कार्यकर्तामाझ प्रभावकारी रूपमा पुर्याउने क्षमता, सक्रियता, अनुशासन तथा नेतृत्वप्रतिको इमानदारीलाई जिम्मेवारी मूल्यांकनका आधारका रूपमा व्याख्या गरे। विगतको योगदानका आधारमा मात्रै मूल्यांकन नहुने भन्दै उनले नयाँ जिम्मेवारीअनुसार काम गर्न सक्ने क्षमता पनि देखाउनुपर्ने बताए।
अध्यक्ष ओलीले सक्रियता मात्रै पर्याप्त नहुने उल्लेख गर्दै कार्यक्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए। क्षमतावान् व्यक्तिले कम समयमा धेरै काम गर्न सक्ने उदाहरण दिँदै उनले श्रमको परिणाम प्रभावकारी बनाउन दक्षता र कार्ययोजना आवश्यक रहेको बताए।
काम गर्दा स्पष्ट योजना बनाएर प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो। एकैपटक धेरै काममा हात हाल्ने तर कुनै पनि काम पूरा नगर्ने प्रवृत्तिले अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गर्दै उनले व्यवस्थित र योजनाबद्ध ढङ्गले काम गर्न नवनियुक्त सदस्यहरूलाई निर्देशन दिए।
उनले भने, ‘योजनाबद्ध ढङ्गले एकतर्फबाट व्यवस्थित भएर लागिपर्ने हो भने पहाड नै खनेर पनि हटाउन सकिन्छ। तर यताउति छरिएर बिना योजना काम गर्दा सानो काम पनि सम्पन्न हुन सक्दैन। सबै काम एकैपटक गर्छु भनेर हात हाल्दा कुनै पनि काम पूरा हुँदैन। त्यसैले कताबाट शुरु गर्ने, कति समयमा सम्पन्न गर्ने भन्ने स्पष्ट योजना बनाएर व्यवस्थित रूपमा अघि बढ्नुपर्छ।’
नीति निर्माण, निर्णय र योजना बनाउँदा गलत बाटो रोज्न नहुने बताउँदै ओलीले समस्या उत्पन्न भए त्यसलाई थप जटिल बनाउनुको सट्टा समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले भने, ‘हामीले सही बाटो रोज्नुपर्छ। उल्टो बाटो हिँडियो भने जति अगाडि बढ्यो, त्यति नै घाटा हुन्छ। त्यसैले नीति निर्माण र निर्णय प्रक्रियामा कहिल्यै गल्ती गर्नुहुँदैन। समस्याहरू आउन सक्छन्, तर समाधान नहुने कुनै समस्या हुँदैन। हाम्रो ध्यान समस्या बल्झाउनतिर होइन, समाधान खोज्नतिर केन्द्रित हुनुपर्छ।’
अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको उल्लेख गर्दै एमालेविरुद्ध घेराबन्दी जारी रहेको दाबी गरे।
उनले भने, ‘अहिलेको परिस्थिति केही जटिल छ। हामीले राजनीतिक रूपमा विभिन्न धक्काहरू व्यहोरेका छौँ। यस्तो बेला उपदेश दिनेहरू धेरै भेटिन्छन् तर साथ र सहयोग गर्नेहरू कमै हुन्छन्। तर हामी आडम्बरमा होइन, यथार्थमा बाँच्नुपर्छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया