भारतले यसरी जितेको थियो दसौं विश्वकप क्रिकेटको उपाधि (भिडियोसहित)

एजेन्सी

भारत, श्रीलंका र बंगलादेशको संयुक्त आयोजनामा सुरु भएको दसौं विश्वकप धेरै अर्थमा यादगार रहयो ।

यही विश्वकपमा आइसिसीले खुलेर पैसा खर्च मात्र गरेन, टेलिभिजन अधिकारबाट मात्र २ अर्ब रूपैयाँ आम्दानी ग¥यो। पहिलो पल्ट दक्षिण एसियाका दुई राष्ट्र भारत र श्रीलंका फाइनल पुग्न सफल भए। अस्ट्रेलिया सन् १९९२ पछि पहिलो पल्ट फाइनल पुग्न सकेन ।

भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्ने क्रममा २८ बर्षपछि दोस्रो पल्ट विश्वकप घर भित्रयायो। क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई समपर्ण गरिएको यो विश्वकप सन् १९९६ मा सेमिफाइनलमा श्रीलंकाबाट पराजय भोगेको बदला पनि थियो।

दसौं विश्वकपमा पनि १४ राष्ट्र (१० टेस्ट राष्ट्रसहित क्यानडा, आयरल्याण्ड, केन्या र नेदरल्याण्ड्स) सहभागी थिए। जसमा भारतले सेमिफाइनलमा पाकिस्तानलाई र श्रीलंकाले न्युजिल्याण्डलाई पराजित गरेका थिए। बम बिस्फोटनका कारण आइसिसीले पाकिस्तानमा हुने खेल अन्तिम समयमा स्थगन गरेको थियो। जसका कारण टिकट विक्रिबाट भएको १ करोड ५० लाख डलर क्षतिपूर्तीको माग पाकिस्तानी क्रिकेट बोर्डले आइसिसीसमक्ष राखेको थियो।

दसौं विश्वकपको प्रमुख आकर्षणको रूपमा इङ्ल्याण्ड र भारतबीचको हाइ–स्कोरिङ खेल (३ सय ३८ रन) बराबरी हुनु र आयरल्याण्डले समूहचरणको अर्को खेलमा इङ्ल्याण्डले पहिलो इनिङमा बनाएको ३ सय २७ रनको लक्ष्यलाई तीन विकेट बाँकी रहँदा पुरा गर्नु थियो।

श्रीलंकाका तिलकरत्ने दिलसान ५ सय रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान घोषित भए। समान २१ विकेट लिएका भारतका जाहिर खान र पाकिस्तानका साहिद आफ्रिदी उत्कृष्ट बलर तथा भारतका युवराज सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।

याे पनि:

प्रकाशित मिति: : 2019-07-14 19:35:11

प्रतिकृया दिनुहोस्