‘पहलगाम आक्रमण’ गराएका मौलाना मसुद अजहरको ‘नेपाल साइनो’ (भिडियोसहित)

सन् १९९९ को डिसेम्बर २४। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको आईसी- ८१४ जहाज नयाँ दिल्लीका लागि उड्यो। त्यो अपराह्न ४ बजेको समय थियो। केही बेरपछि जहाज भारतीय आकाशमा उड्दै थियो।

त्यही बेला केही हतियारधारीहरूले विमानका चालक दल र यात्रुहरूलाई नियन्त्रणमा लिए। विभिन्न देशका आकाश घुमाउँदै अपहरणकारीहरूले त्यो विमानलाई अफगानिस्तानको कान्दहर विमानस्थलमा अवतरण गराए। 

त्यहाँबाट उनीहरूले एउट माग राखे भारतीय जेलमा रहेका मौलाना मसुद अजहरसहित ३६ कस्मिरी बन्दीको रिहाई। 

यी उनै मौलाना हुन् जो जैश-ए-मोहम्मदका संस्थापक नेता हुन्। भारतीय सैनिकले मंगलबार राति उनको आश्रयस्थलमा आक्रमण गर्‍यो र उनका १० जना परिवारका सदस्यसहित अरु ४ जना सहयोगीहरूको मृत्यु भयो। त्यस बेला उनी त्यो घरमा थिएनन्। 

जो जैश-ए-मोहम्मद भारतसहित विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनहरूले आतंकवादीको सूचीमा राखेको संगठन हो। जसलाई पाकिस्तानको साथ रहेको भारतको आरोप छ। 

सन् २०१९ मा एकजना आतंककारीले जम्मु कश्मीरको पुलवास्थि भारतीय सैन्य क्याम्पमा आत्मघाती आक्रमण गरेका थिए। त्यसबेल भारतीय ४० भन्दा धेरै भारतीय सैनिक मारिएका थिए। उक्त आक्रमणको जिम्मेवारी पनि त्यही आतंकवादी संगठनले लिएको थियो। त्यसका बदलामा त्यो बेला पनि भारतले पाकिस्तानमाथि आक्रमण गरेको थियो। 

मसुद अजहरको नेपाल साइनो के हो?

त्यो विमान अपरहण गर्ने समूहमा रहेका १० जना मध्य ७ जना पाकिस्तानी, २ जना भारतीय र एक जना नेपाली पनि रहेको भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सिबिआईले दाबी गरेको थियो। 

नेपालमा गठित एउटा छानबिन आयोगले भने उक्त विमान अपरहणको योजना काठमाडौंस्थित सदर चिडियाखानामा बसेर गरिएको भनेको थियो। तर नेपालीको संलग्नताबारे नेपालले भने अस्विकार गर्दै आएको छ। 

अहिले पनि उक्त विमान अपहरणका लागि भारतले नेपाललाई नै मुख्य जिम्मेवार ठान्दै आएको छ। अफगानिस्तानमा पुर्‍याइएको उक्त विमान र यात्रु छुटाउन त्यो बेला भारतले मौलाना मसुद अजहरसहित केही बन्दीहरू रिहा गरेको थियो। 
त्यसपछि मौलाना मसुद झन् उग्र अनि निर्दयी बनेर निस्किए। अनि भारतसँग बदला लिनका लागि अनेकन रणनीतिक आक्रमणहरूमा लागे। 

२००१ डिसेम्बर १३ मा उनकै संगठनले भारतीय संसदमा हमला गरेको थियो। त्यसपछि २००८ मा मुम्बईमा आक्रमण भयो भने २०१६ मा पठानकोट हवाई सुरक्षा शिविरमा हमला भयो। यी सबै आक्रमणका मुख्य योजनाकारका रुपमा मौलान मसुदकै हात रहेको भारतको ठम्याइ दियो। 

यद्यपि भारतीय सुरक्षाकर्मीले सन् १९९४ मै मसुदलाई कश्मीरबाट गिरफ्तार गरिसकेको थियो। 

सन् १९९० तिर मसुद एक धार्मिक प्रवचक थिए। कट्टर मुस्लिम धार्मिक गुरु ठहरिएका उनले विश्वका धेरै इस्लामिक देशहरूको भ्रमण गरिसकेका छन्। त्यो बेला पनि उनले मुस्लिम समुदायमा पुगेर उग्र धार्मिक प्रवचन दिन्थे र युद्धका लागि उक्साउथे। उनी झुठा परिचय लिएर भारतभित्र छिरेका थिए। कश्मीरतिर रहेरले उनले भारतमा हिंसात्मक आक्रमणको योजना बनाइरहेका थिए। त्यो बेला उनी हरकत-उल-मुजाहिद्दिनका नेता थिए। 

नेपालबाट विमान अपहरण गरेर भारतसँग मोलमोलाइ गर्दै उनी फेरि रिहा भए र अर्को त्यस्तै आतंकवादी संगठन हरकत-उल अन्सारलाई समेत मिलाएर जैश-ए-मोहम्मद भन्ने संगठन बनाए। दुबैतिरका उग्र लडाकु मिलेर बनेको यो संगठनले सन् २०१६ मा भारतीय संसद भवनमै आक्रमण गरेको थियो।

प्रकाशित मिति: : 2025-05-08 17:53:00

प्रतिकृया दिनुहोस्