भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको निधन भएको छ।
भारतीय टेलिभिजन एबीपी न्युजका अनुसार दुर्घटनामा विमानमा सवार सबै २४२ यात्रुको निधन पुष्टि भएको छ।
२३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा उड्नेबित्तिकै क्र्यास भएको थियो।
सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयमै विमान अहमदाबादको मेघानी नगर क्षेत्रमा जमिनमा खसेको थियो।