विश्व कप टिमको कप्तान विलिम्सन, विराट र वार्नरले स्थान पाएनन्

Agency

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले विश्व कप टिम घोषणा गरेको छ। आइसिसीले घोषणा गरेको टिममा न्युजिल्यान्डका केन विलियम्सन कप्तान घोषित भएका छन्। विश्व कप टिममा भारतबाट रोहित शर्मा र जसप्रीत बुमराह मात्र पर्न सफल भएका छन्।

अन्य खेलाडीमा सबैभन्दा बढी इंग्ल्यान्डका समावेश छन्। इंग्ल्यान्डका ४ खेलाडीले टिममा स्थान पाएका छन्। यस्तै, अस्ट्रेलियाबाट २ र बंगलादेशबाट १ खेलाडीलाई समावेश गरिएको छ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट १२ औं खेलाडीको रुपमा छनोट भएका छन्। भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नर टिममा समावेश छैनन्।

विश्व कप टोली यस प्रकार रहेको छ।

जेसन रोय (इंग्ल्यान्ड), रोहित शर्मा(भारत), केन विलियम्सन (कप्तान–न्युजिल्यान्ड), जोए रुट (इंग्ल्यान्ड), साकिब–अल हसन (बंगलादेश), बेन स्टोक्स (इंग्ल्यान्ड), एलेक्स केरी (विकेटकिपर–अस्ट्रेलिया), मिशेल स्टार्क (अस्ट्रेलिया), जोफ्रा आर्चर (इंग्ल्यान्ड), लोकी फर्गुसन (न्युजिल्यान्ड), जसप्रीत बुमराह (भारत)

 

 

 

प्रकाशित मिति: : 2019-07-16 01:12:38

प्रतिकृया दिनुहोस्