सिना मादेन दोहोरो स्वर्ण जित्नबाट बञ्चित

तस्बिरः बिएल नेपाली सेवा

नेपालकी सिना मादेन अर्को स्वर्ण पदक जित्नबाट बञ्चित भएकी छिन्। साफ गेम्सको पहिलो सहभागितामै दुई वटा स्पर्धामा उत्रिएकी सिनाले २३ वर्षमुनि पुम्सेमा स्वर्ण जितेकी थिइन।

तर, उनी १७ देखि २३ वर्ष उमेर समूहको पुम्से जोडीमा स्वर्ण जित्नबाट बञ्चित भइन्। उनको जोडीको रूपमा अस्मिन राउत फ्लोरमा उत्रिएका थिए। उनीहरूले कास्यमा चित्त बुझाए। श्रीलंकाले ८ दशमलव २ सय ३० अंकका साथ स्वर्ण र भारतले ८ दशमलव २ सय १० अंकका साथ रजत पदक जिते।

प्रकाशित मिति: : 2019-12-02 16:25:22

प्रतिकृया दिनुहोस्