इङ्ल्यान्डसामु जितका लागि २ सय ४२ रनको लक्ष्य

Agency

लियाम प्लुम्केटले कप्तान केन विलियम्सन र हेनरी निकोलासको ७४ रनको साझेदारीलाई तोडेपछि दबावमा देखिएको न्युजिल्यान्डले पहिलो इनिङमा आयोजक इङ्ल्यान्डसामु जितका लागि २ सय ४२ रनको लक्ष्य राखेको छ।


टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन मात्र बनायो।

न्युजिल्यान्डलाई कम योगफलमा रोक्न सुरुमा प्लुम्केटले ३ तथा पछि क्रिस ओक्सले ३ विकेट लिए। उनले कप्तान विलियम्सनलाई ३० र निकोलासलाई ५५ रनमा आउट गरे। प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल १९ रनमा क्रिस ओक्सको शिकार भएपछि विलियम्सन र निकालोसले राम्रो सुरुवात दिन खोजेका थिए।

मार्क उडले पनि १ विकेट लिए। उनले राेस टेलरलाई १५ रनमा आउट गरे। ओक्सले ३ विकेट लिए। टाेम लिथामले ४७ रन बनाए। जेम्स  निसाम १९ रनमा आउट भए। न्युजिल्यान्डकाे तर्फबाट निकाेलासले मात्र अर्धसतक बनाए।

प्रकाशित मिति: : 2019-07-14 19:32:28

प्रतिकृया दिनुहोस्