किवी कप्तानले तोडे १२ बर्षअघि जयबद्र्धनेको कीर्तिमान

Agency

न्युजिल्यान्डका कप्तान केन विलियम्सन एउटै विश्व कपमा सर्वाधिक रन बनाउने कप्तान बन्न सफल भएका छन्।

उनले १२ वर्षअघि श्रीलंकाली कप्तान महेला जयबद्र्धनेले बनाएको ५ सय ४८ रनको कीर्तिमानलाई भंग गरेका छन्। आइतबार इंग्ल्यान्डविरूद्ध फाइनल खेलमा एक रन जोड्दै विलियम्सनले जयबद्र्धनेको कीर्तिमान भंग गरेका हुन्।

विलियम्सनले इंग्ल्यान्डविरूद्ध ३० रन बनाए। उनी विश्व कपमा ५ सय ७८ रन बनाउन सफल भएका हुन्।

प्रकाशित मिति: : 2019-07-14 18:39:55

प्रतिकृया दिनुहोस्