विश्व कपको अपत्यारिलो खेल, सुपर ओभरमा बाउन्ड्री सर्वाधिक हानेको आधारमा इंग्ल्यान्ड विश्व विजेता

Agency

विश्व कपको ४४ वर्षको इतिहासमा सबैभन्दा रोमाञ्चक खेलमा बाउन्ड्रीको आधारमा क्रिकेटको जननी मानिएको इंग्ल्यान्डले २०१९ को विश्व कपको उपाधि जितेको छ।

निर्धारित ५० ओभरको खेल इंग्ल्यान्ड र न्युजिल्यान्डबीच २ सय ४१ रनको बराबरीमा टुँगिएको थियो। यसपछि भएको सुपर ओभरमा दुबै टोलीले १५–१५ रन बनाए। तर, इनिङमा न्युजिल्यान्डले १६ र इंग्ल्यान्डले २४ बाउन्ड्री लगाएपछि बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड विजयी भयो।

इंग्ल्यान्डको जितमा अलराउन्डर बेन स्टोक्स नायक सावित भए। न्युजिल्यान्डले जितका लागि राखेको २ सय ४२ रनको लक्ष्यलाई स्टार ब्याट्सम्यान आउट भइसकेको अवस्थामा स्टोक्सले अविजित ८४ रन बनाउँदै आफ्नो टिमको जितलाई निभ्न दिएनन्। स्टोकले जस बटलरसँग मिलेर पाँचौ विकेटका लागि १ सय १० रनको सतकीय साझेदारी गरेका थिए।

बटलर ५९ रनमा आउट स्टाेक्सले सबै स्टार खेलाडी आउट भइसकेकाे अवस्थामा आफ्नो संयमता गुमाएनन्। उनकै कारण अन्तिम ओभरमा १६ रन बनाउने चुनौति पाएको इंग्ल्यान्डले २ सय ४१ रन बनाएर ५० ओभरको खेल बराबरी ग¥यो।

सुपर ओभरमा फेरि ब्याटिङ गर्न आएको इंग्ल्यान्डका लागि एक ओभरमा स्टोक्स र बटलरले १५ रन बनाएका थिए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले बलिङ गरेका थिए।

सुपर ओभरमा १६ रनको चुनौति पाएको न्युजिल्यान्डलले पनि १५ रन नै बनायो। न्युजिल्यान्डका लागि जिमी निसाम र मार्टिन गुप्टिल ब्याटिङका लागि आएका थिए। इंग्ल्यान्डले युवा बलर जोफ्रा आर्चरलाई बलिङका लागि उतारेको थियो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो। प्रतिउत्तरमा इंग्ल्यान्डले पनि बराबरी रन बनाएको थियो ।

प्रकाशित मिति: : 2019-07-15 01:05:36

प्रतिकृया दिनुहोस्