सप्तरीको हनुमाननगरमा अजिङ्गर भेटियो!

तस्बिर : रासस

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५/२० केजीको अजिङ्गर सर्प फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा सोमबार बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-16 12:45:48

प्रतिकृया दिनुहोस्